उद्यमशिलता विकास र लगानी संरक्षणमा म सक्रिय छु: पुष्पकमल दाहाल

  २०७५ फागुन ३ गते ११:१३     विकासन्युज

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफु उद्यमशिलता विकासमा निरन्तर लागि परेका बताएका छन् । राजधानीमा आयोजित उद्यमशिलता सम्मेलनको समापन समारोहमा बोल्दै दाहालले लगानीको संरक्षण गर्न आफु तयार रहेको बताएका हुन् ।

यस्तो छ उद्यमशिलता विकासमा दाहालको विचार

‘हाम्रो अघि रहेको सम्भावनालाई उजागर गरी समस्या र चुनौतिको उपाय निकाले यो कार्यक्रम निकै महत्वपुर्ण छ । उद्योग विकासको लागि नेपाल उद्योग परिसंघ सीएनआइको गतिविधी निकै लोकप्रिय बन्दै आइरको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिइरहको छ । सरकारले उद्यमीलाई पुर्ण रुपमा सहयोग गर्नुपर्छ ।

हाम्रो सोचमा दोधार हुनु हुदैन हामीले लामो संघर्षपछि यो वातावरण बनाएका छौं । यो २००७ र २०४६ को जस्तो परिवर्तन होइन । यो पुर्ण परिवतन हो, पहिलोपटक जनतालाई सार्वभौम अधिकार दिएका छौं । देशको तिब्र आर्थिक विकास गर्नका लागि अब यसको प्रयोग गर्नुपर्छ । हामीले समृद्धिको बाटो खोलीसकेका छौं । अधिकारलाई ग्राउण्ड लेवलसम्म नपुर्याइ सफल हुन सक्दैनौं ।

हामीसँग बलियो सरकार रहेको छ । सरकारको कार्यक्रम धेरै महत्वकाँक्षी लक्ष्य रहेको छ । यो एक ऐतिहासिक सफलता हो । यसलाई सबै राजनितिक परिवर्तनको रुपमा लिन पर्दछ । विकासमा अवरोध पर्ने सानो ऐन परिवर्तन गर्न किन दातबाट पसिना आउँछ । म प्रधानमन्त्री बनेको बेला सातै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको थिएँ कहाँ रोकियो ?

म र ओली जी मिलेर समृद्धिको यात्रालाई गति दिनको लागि लागि परेका छौं । तर कहाँ गाठो पर्यो हामी हेर्दैछौं । हामी निजी क्षेत्रलाई धेरै सहयोग पुग्नेगरी काम गरिरहेका छौं यसको लागि हरबखत प्रयासरत छौं । अहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छ । हामीले हाम्रो उद्योगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन लागि परेका छौं । हामीले पहिले पहिले हाम्रो देशको लगानीलाई परिचालन गरी विदेशी लगानीलाई विस्वास दिलाउन सकिन्छ ।

युवाहरुलाई उद्यममा गतिशिल बनाउनु पर्छ । हामीले छिटो गतिमा प्रगति गरेका देशहरु पनि देखेका छौं । भेनेजुयला विषयमा बोलेकाे विषयले केहि फरक पार्दैन । तपाइहरुको लगानीलाई पुर्ण रुपमा संरक्षण गर्छौ । यसमा ढुक्क हुनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.