‘साना तथा मझौला उद्यमीद्वारा ओइसीडीको सहयोग अपरिहार्य’

  २०७५ फागुन २ गते १८:३०     विकासन्युज


काठमाडौँ । साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुच, गुणस्तर सुधार तथा शीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् ।

आर्थिक सहयोग तथा विकासका लागि संगठनको दक्षिण पूर्व एशिया हेर्नुहुने साना तथा मझौला व्यवसाय सम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्कीको उपस्थितिमा आज महासंघ सचिवालयमा आयोजित घरेलु, साना तथा मझौला उद्योगको विद्यमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरूले ओइसीडी जस्ता अन्तराष्ट्रिय सस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताएका थिए ।

कार्यक्रमको प्रारम्भमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठूलो महत्व रहेको तर विभिन्न कारणबाट यो क्षेत्र अगाडी बढ्न नसकेकाले ओइसीडी जस्ता यसै क्षेत्रमा कार्यरत स“स्थाहरूबाट सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।

महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले नेपालको औद्योगिक विकासको महत्वपूर्ण आधारको रूपमा रहेको एसएमइजलाई प्रभावकारी ढंगलले अगाडी बढाउन ओइसीडी र महासंघ बीच सहकार्यमा जोड दिए ।

ओइसीडीले निजी क्षेत्रसग विशेष गरी लगानी प्रवद्र्धन, ग्लोवल भ्यालु चेन, एसएमइजको विकास, उद्योग व्यवसायको पक्षमा लवि गर्ने, मनिटरिङ सपोर्ट लगायतमा कार्य गर्दै आएकाले आउ“दा दिनमा के कसरी सहकार्य गर्न सकिन्छ महासंघसग सम्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाए ।

सो अवसरमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायको वर्तमान स्थितिका विषयमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले प्रस्तुती दिंदै यस क्षेत्रमा अध्ययन अनुसन्धान तथा सूचना विकास, नेपाली उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारसम्म पहु“च बिस्तार र प्रविधि प्रयोगमा लगायतका क्षेत्रमा ओइसीडीसग सहकार्य हुन सक्ने सम्भावना औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.