जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ फागुन २ गते १४:३३     विकासन्युज

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.