१९ हाइड्राेपावरको १ खर्बकाे शेयर चैत ७ गतेदेखि, प्रतिकित्ता १० रुपैंया ‘कल इन एड्भान्स’

  २०७५ फागुन २ गते १४:२३     विकासन्युज

काठमाडौं । विभिन्न १९ ओटा परियोजनाको हाइड्रोपावर निर्माणका लागि १ खर्ब २ अर्ब बराबरको शेयर आगामी चैत ७ गतेदेखि खुल्ला हुने भएको छ । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर किनेर खरिदको सुरुवात गरेपछि सर्वसााधारणले शेयर खरिद खुल्ला गरिने भएको हो ।

बिहीबार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयद्वारा आयोजित जनताको जलविद्युत् कार्यक्रम आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३५ दनपछि आफैंबाट शेयर खरिदको सुरुवात गर्ने जानकारी दिएका हुन् । ‘आजभन्दा ठीक ३५ दिनपछि चैत ७ गते हुन्छ, त्यो दिन बिदाको दिन रहेनछ भने म त्यो दिन जलविद्युत्को शेयर किनेर म पहिलो बन्छु, दोस्रो तपाईहरु बन्न सक्नुहुन्छ, देश बन्नेछ ।’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले ६ ओटा प्रदेशमा रहेका १९ आयोजनामार्फत् कुल ३४७९ मेगावाट क्षमताको विद्युत् जनता समेतको लगानीका उत्पादन गर्ने लक्ष्य लिएको छ, यसका लागि करिब ६ खर्ब ९ अर्ब रुपैंया लागत लाग्ने र यसमध्ये ३० प्रतिशत स्वपुँजीमार्फत् संकलन गर्ने लक्ष्य लिएको छ, जुन २ खर्ब ८ अर्ब रुपैंया बराबरको हो । यसको ४९ प्रतिशत सर्वसाधारणलाई शेयर जारी बिक्री गरिने योजना सरकारको छ जसमध्ये १० प्रतिशत स्थानीयवासीका लागि र बाँकी ३९ प्रतिशत सर्वसाारणलाई छुट्टाइने भएको हो । ४९ प्रतिशतको उक्त हिस्सा करिब १ खर्ब २ अर्ब बराबर हो । ५१ प्रतिशत भने सरकार, सरकारी संस्थाहरु वा अन्य ठूला कम्पनीहरुबाट संकलन गरिनेछ ।

सुरुमा १० रुपैंया ‘कल इन एड्भान्स’

उक्त आयोजनामा शेयरका लागि आवेदन दिँनका लागि सर्वसाधारणले सुरुमा खरिद गर्न चाहेको शेयरको अंकित मूल्यको १० प्रतिशत रकम अर्थत् प्रतिकित्ता १० रुपैंया तिर्नुपर्नेछ । यो रकम शेयरमा रुपान्तरण नहुञ्जेल प्रचालित ब्याजदर पाउने र आयोजनाको भौतिक प्रगति कम्तीमा ७५ प्रतिशत भएपछि बाँकी ९० प्रतिशत रकम उठाइने उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.