पर्यटक भित्र्याउन भौतिक पूर्वाधार निर्माण जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

  २०७५ फागुन २ गते १२:३९     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको विहान स्थलगत अवलोकन गरेका छन् ।

भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताए ।

शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् ।

यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.