चिनी उद्योग संघका अध्यक्ष अग्रवाल भन्छन्-यसवर्ष उखु किसानका सबै पैसा भुक्तानी हुन्छ

  २०७५ फागुन २ गते १२:१५     विकासन्युज


काठमाडौं । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले विगतमा भुक्तानी गर्न नसकेको उखु किसानका सबै पैसा यसवर्ष भुक्तानी बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग किसानलाई भुक्तानी दिन सहुलियत दरको ऋण लिनका लागि पहल भइरहेको समेत उनले बताए ।

सरकारले उखु कृषकलाई दिने भनेको अनुदानमा पनि जग्गाको लालपूर्जा पेश गर्नु पर्ने प्रवाधान गरेकाले अनुदान लिन पनि सकस भएको अध्यक्ष अग्रवालले बताए । तरकारीको मूल्य वृद्धि हुँँदा सरकार चुप लागेर बस्ने, तर चिनीको मूल्य केही मात्रामा बढ्दा पनि धेरै हल्लाखल्ला हुने गरेको अध्यक्ष अग्रवालको भनाई छ ।

चिनी उद्योग संघले विदेशबाट चिनी आयात गर्दा लाग्ने ३० प्रतिशत भन्सार शुल्कलाई ६० प्रतिशत पुर्याउन माग समेत गरको छ । नेपाली चिनी उत्पादनका लागत करिव ७७ रुपैयाँ ७४ पैसा लागत लाग्छ । सीमाक्षेत्रमा ३२ भारु अर्थात ५१.२ रुपैयाँमा चिनी पाइन्छ, जसका कारण नेपाली चिनीले विदेशी चिनीसंग प्रतिस्पर्धा गर्न नसकेको उनीहरुको भनाई छ ।

विदेशबाट विभिन्न बाटो हुँदै चिनी आयात हुने गरेको र त्यो चिनीसँग नेपालमा उत्पादित चिनीले प्रतिस्पर्धा गर्न नसकेका कारण चिनी बिक्री नभएको व्यवसायीहरुको भनाई छ । करिब २ सय ५० करोड बराबरको स्टक चिनी उद्योगीसँग रहेका कारण किसानलाई भुक्तानी दिन नसकिएको संघले जनाएको छ ।

संघका अनुसार श्रीराम सुगरले ९० करोड बक्यौता तिर्नुपर्नेमा अब करिब १३ करोड रुपैयाँ मात्रै बाँकी रहेको छ । अन्नपूर्ण १४ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, इन्दिरा सुगर फ्याक्ट्रीले ४ करोड रुपैयाँ तिर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.