सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ फागुन १ गते १७:२१     विकासन्युज

काठमाडौं । सभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजितकुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताएका छन् ।

सिभिल बैंकले यस अघि जीवनवीमा कम्पनीहरु त्था निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.