मार्चको पहिलो सातामा भी भोभी १५ प्रो ल्याउने तयारी, यस्ता छन् डिजाइनहरू

  २०७५ फागुन १ गते १५:०६     विकासन्युज

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा रहेकाे छ । कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ ।
जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ ।
यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ ।
हालै अमेजन इण्डियाको आफिशियल ल्याण्डिंग पेजमा देखिए अनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ ।

यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ ।
नेपाली बजारमा भीभो भी १५ प्रो उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.