यूनाइटेड इन्स्योरेन्सले एकाएक किन डाक्यो विशेष साधारणसभा ?

  २०७५ फागुन १ गते १३:४०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो ।

सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ ।

केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ७७७ रुपैयाँ देखि ७९१ रुपैयाँसम्म किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.