आइएमई र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स

  २०७५ फागुन १ गते १३:१३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतापत्रमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकास्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ ।
आइएमई लाइफ इन्स्योरेन्सको हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्ने रहेको बीमा कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.