क्यान्सर जनचेतनाको लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली’

  २०७५ फागुन १ गते ११:५८     विकासन्युज

काठमाडौं। काठमाडौँ ग्रुप अफ होटल्स द्वारा आयोजित नेपाल अर्बुदरोग निवारण संस्थाको सहयोगार्थ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनि द्वारा प्रायोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्याली ” माघ १८ गते सम्पन्न भएको छ।

विश्व क्यान्सर दिवसको अवसरमा “क्यान्सर छिटो उपचार गरे निको हुने रोग हो ” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो ।

नेपाल टुरिजम बार्डको प्रांगणवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु द्वारा सुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकार तथा यस ¥यालीका अध्यक्ष सुनिल शाक्य ज्यूद्वारा झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । गाडीहरु नेपाल टुरिजम बार्डबाट निस्किएका करिब १० घण्टाको यात्रापछि सारङ्गकोटस्थित हिमालय फ्रन्ट होटलमा गएर समापन भएको थियो।

प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत गायक धिरज राई, पुर्व तथा हालका मिस नेपालहरु निकिता चन्दक, रोजिना श्रेष्ठ, सहारा बस्नेत, सृखला खतिवडा, रोलनली अमात्य, प्रिया सिग्डेल तथा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक

कार्यक्रममा विशिष्त मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारको सम्पुर्ण प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गर्दै गायक धिरज राईको प्रस्तुति संगै कार्यक्रम समापन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.