फागुन ३ गतेदेखि नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुँदै

  २०७५ माघ २९ गते १७:०८     विकासन्युज

काठमाडौं । पाचौँ नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ फागुन ३ गते देखि शुरु हुने भएको छ । विश्वभरका विभिन्न देश सहभागि हुने प्रदर्शन भृकृटीमण्डपमा हुने भएको हो । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स टेड फिअर एण्ड इभेन्टले संयुक्त आयोजनामा विभिन्न देशका २०० भन्दा बढी ब्रान्डहरुका रहने छन्र भने १२० भन्दा बढी स्टल रहने छन् ।

उक्त प्रदर्शनीको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले फागुन ३ गते विहान ११ बजे गर्ने भएका छन् ।  तीन दिनसम्म हुने प्रदर्शनमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराएका छन् ।

यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ४ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ ।
नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति,आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.