नेपाल टेलिकमको सापटी सेवा बन्द

  २०७५ माघ २९ गते १४:२८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमको सापटी सेवा बन्द भएको छ । टेलिकमले सबै मोबाइल फोन प्रयोगकर्ताहरुलाई एसएमएस पठाएर सापटी सेवा बन्द भएको जानकारी गराएको हो ।

टेलिममका सहायक प्रवक्ता सोभन अधिकारीले सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले २ दिनका लागि सेवा अवरुद्ध गरिएको बताए । फागुन २ गतेदेखि परिमार्जित रुपमा सापटी सेवा उपलब्ध गराउने पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.