समन्वयको अभावले पूर्वाधार व्यवस्थापनमा निराशा आयो : अर्थमन्त्री

  २०७५ माघ २९ गते १३:४९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकासको क्षेत्रमा गतिरोधको प्रमुख कारण भनेकै समन्वयको अभाव भएकोले यस्तो समन्वयलाई छिटो र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको शासकीय प्रणालीअनुसार पूर्वाधार क्षेत्रको विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरुबीच संयुक्त प्रयासको आवश्यकता हुन्छ ।

तीनै सरकारका निकायहरुको समन्वय अभावका कारण पूर्वाधार क्षेत्रमा लगानी गर्न निजी क्षेत्र लगानीका सन्दर्भमा निराशा उत्पन्न हुँदै गएको र यस्तो समस्या समाधान गर्न सरकारले उद्योग र पूर्वाधार विकासमो क्षेत्रमा देखिएको समन्वय समस्या समाधान गर्ने कानून निर्माण गरिरहेको उनले बताए ।

खतिवडालले नेपालले दीगो विकास लक्ष्य लिएको र यसलाई पूरा गर्ने एउटै आधार भनेको पूर्वाधार विकास भएको बताउँदै तर त्यस्ता पूर्वाधारहरु विकास गर्दैगर्दा त्यसले दिने लाभ र लागतको विषय महत्वपूर्ण हुने बताए । उनले निजी क्षेत्रले कुनैपनि क्षेत्रमा लगानी गर्दा लागत प्रभावकारितामा ध्यान दिन आग्रह गर्दै त्यसका लागि व्यवस्थापन संघले व्यवस्थापकहरुलाई समयसान्दर्भिक रुपमा तालिम तथा वृत्तिविकासमा भूमिका खेल्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.