ओरियन्टल होटल्सको अध्यक्षमा अनिलदास श्रेष्ठ

  २०७५ माघ २९ गते १३:३७     विकासन्युज

काठमाडौं । ओरियन्टल होटल्सको अध्यक्ष पदमा अनिलदास श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले प्रवन्ध संचालक श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष पदमा नियुक्तसँगै श्रेष्ठले अध्यक्ष तथा प्रवन्ध संचालकको सम्पूर्ण कार्यभार र अख्तियारी समेत सम्हाल्ने छन् ।

कम्पनीको पूर्व अध्यक्ष गोविन्ददास श्रेष्ठको निधन भएपछि रिक्त रहेको उक्त पदमा श्रेष्ठलाई सोही पदमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.