फागुन २ गते केपी ओलीले खोल्दैछन् पानी जहाज कार्यालय

  २०७५ माघ २९ गते ८:५७     विकासन्युज

काठमाडौं । फागुन २ गते पानी जहाज कार्यालय स्थापना हुने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना हुने पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले विकासन्युजलाई जानकारी दिए । ललितपुरको एकान्तकुनामा प्रधनमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.