स्मार्ट एप्लायन्सका ६० लिटरसम्मको क्षमता एयरटेक एयर कुलर बजारमा, एक वर्षकाे वारेन्टी

  २०७५ माघ २८ गते १८:३६     विकासन्युज

काठमाडौं । के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रा.ली, नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनिक गरेको छ ।

हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड स्मार्ट एप्लायन्सले एयरटेक एटी८००एई एयर कुलर नेपाली बजारमा ल्याएको हाे । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ । ७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक एटी८००एई मा ४ स्पीड ब्लोवर कन्ट्रोल छ जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिवर गर्छ जुन कम स्थान भएकाहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । यसमा १ वर्षको वारेन्टी पनि छ ।

एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.