‘भ्यालेनटाइन डे’ मा चन्द्रागिरिमा विशेष कार्यक्रम, प्रत्येक जोडीले ४००० सम्मको प्याकेज पाउने

  २०७५ माघ २८ गते १८:२०     विकासन्युज

चन्द्रागिरि । चन्द्रागिरि हिल्सले प्रणय दिवस(भ्यालेनटाइन डे)को अवसरमा आगामी फागुन २ गते (१४ फेब्रुअरी) मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छन् ।

कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रतिजोडी ३,९९९ रुपैयाँ तथा प्रतिव्यक्ति २,४९९ रुपैयाँको प्याकेज पनि प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, विशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरिको टप स्टेशनमा अवस्थित बारमा संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.