पुल्चोक कलेजमा वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

  २०७५ माघ २८ गते १७:४५     विकासन्युज

काठमाडौं । पुल्चोक कलेजमा वृज सिमेन्ट सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी सम्पन्न भएको छ । माघ २४ गतेबाट देखि शुरु भएको उक्त प्रदर्शन ३ दिनसम्म भएको हाे । उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा “दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ्ग पद्धति” नारा रहेको थियो ।

प्रतियोगितामा फोटोग्राफी, पेन्टिङ, क्विज, सफ्टवेयर कम्पिटिसन, ट्रेजर हण्ट, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, मोडल कम्पिटिसन गरी ८ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।
प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।
कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.