टाटा ट्रस्ट तथा सिप्रदीयनद्धारा पुननिर्मित विद्यालय भवन हस्तान्तरण

  २०७५ माघ २८ गते १७:१२     विकासन्युज

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा श्री शारदा उच्च माध्यमिक विद्यालय पुननिर्माण गरी हस्तान्तरण गरिएको छ । उक्त सन्धुपाल्चोकमा निर्माण गरिएको विद्यालय भारतीय राजदूत महामहिम मञ्जीव सिंह पूरीद्वारा उद्घाटन भएको हो । भूकम्पले विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।

कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वी एस. तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सि ईओ राजनबाबु श्रेष्ठ सि.ओओ राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक तामलाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरिवेक्षक, डिएलपी आईयु प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले भूकम्प पश्चात् विद्यालय भवनमा क्षति भएकोले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए ।

उक्त पुननिर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.