नेप्से सामान्य अंकले बढेर ११२८ मा, अपर तामाकोशीको सबैभन्दा बढी किनबेच, सेयर मूल्य कति ?

  २०७५ माघ २८ गते १५:१०     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक सामान्य १.३४ अंकले बढेर ११२८.८६ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा सोमबार ०.१२ प्रतिशतले बढेको हो ।

कुल १६६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अपरको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँ अर्थात ०.४३ प्रतिशतले बढेको हो । आइतबार अपरको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ रहेको थियो ।

त्यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सोमबार ९.८९ प्रतिशत कमाएका छन् । सेयरधनीले आइतबारको तुलनामा सोमबार प्रतिकित्ता २८ रुपैयाँ बढी कमाएका हुन् । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ ।

बजारमा कारोबार आएका १० वटा समूहमध्ये दुई समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २४.४२ अंकले बढेर हरियो देखिएको छ । उत्पादनमूलक र बैंकिङ समूहको सूचक क्रमशः १०.४८ र १.४८ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.