बीमा सर्भेयर : निर्जीवन बीमा क्षेत्रकाे उदीयमान सम्भावना, कसरी बन्ने ?

  २०७५ माघ २८ गते १३:४७     नबिन पोखरेल

काठमाडौ । बीमा बजारमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको पाईन्छ । सर्भेयरले स्वतन्त्र रुपमा निरीक्षण गरेर बीमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई काम गर्न सहज बनाउने गर्छ । बीमा बजारमा सबैको आफ्नै किसिमको महत्व हुने भएपनि आज हामीले सर्भेयरको सन्दर्भमा चर्चा गरेका छौं ।

बीमा विज्ञ भोजराज शर्मा भन्छन् – ‘बीमा क्षेत्रमा सर्भेयरको आफ्नै किसिमको भूमिका हुनेगर्छ, मध्यस्तकर्ताको रुपमा उनीहरुले गर्ने अनुसन्धानका कारण नै सम्बन्धित कम्पनी, बीमक, बीमित तथा नियामक सबैको सहयोगी बन्ने गरेको पाईन्छ ।’

सर्भेयर भन्नाले के बुझिन्छ ?

निर्जीवन बीमामा मध्यस्तकर्ताको रुपमा हामीले सर्भेयरलाई बुझ्ने गरेका छौं । सर्भेयरको काम जीवन बीमाका लागि भने होइन ।

सर्भेयरले के काम गर्छन् ?

दुर्घटना लगायतका बीमामा दाबी परेपछि सर्भेयरले त्यसको कारणको खोजी गर्ने तथा पत्ता लगाउने कार्य गर्दछन् । सर्भेयरले क्षति कहिले भएको समेत पत्ता लगाउने गर्छन् । उनीहरुले क्षतिको प्रकृति हेरेर कारण तथा दाबीका विषयमा निर्णय दिने गर्छन् ।

कति छन् नेपालमा सर्भेयर ?

नेपालमा पछिल्लो समय सर्भेयरमा पेसामा जोडिन चाहनेको संख्या बढिरहेको पाईन्छ । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा ३ सयको हाराहारीमा सर्भेयर खटेको पाइन्छ ।

कसरी बन्न सकिन्छ सर्भेयर ?

सर्भेयर बन्नलाई इन्जिनियरिङ पढेको विद्यार्थी भए सहज हुन्छ । कुनै किसिमको इन्जिनियरिङ पढेको व्यक्ति यस पेशामा सहज जोडिन सक्छन् । यस्तै, यदि तपाईमा १० बर्ष बीमा क्षेत्रमा काम गरेको अनुभव छ भने पनि सर्भेयर बन्न सकिन्छ । साथै सीए पढेकालाई पनि यसमा अवसर रहेको छ । पछिल्लो समय डक्टर समेत सर्भेयर बन्न सक्ने भएपनि अहिलेसम्म यस्को सुरुवात भईसकेको छैन ।

सर्भेयरले गरेको अनुसन्धानको शुल्क कस्ले तोक्ने गरेको छ?

सर्भेयर बन्न तपाईमा केही क्षमताको विकास हुनु जरुरी छ । पहिले तपाई प्रविधिक दक्षता हासिल गरेको व्यक्ति हुनु जरुरी छ । यसरी नै तपाईले बीमा समितिले दिने गरेको तालिम लिएको हुनुपर्ने छ । यस्ता प्रक्रिया पूरा गरेपछि तपाई सर्भेयर बन्न सक्नुहुन्छ । साथै स्वतन्त्र रुपमा निरीक्षण गर्ने अधिकार प्राप्त गर्नु हुुनेछ । यस किसिमको योग्यता पाएपछि तपाई इन्स्योरेन्स एशोसियसनले तोकेको शुल्क पाउन योग्य हुनु हुन्छ । यसरी तपाईले गरेको अनुसन्धानका लागि शुल्क समेत पाउने व्यवस्था रहेको छ ।

के हुन सक्छ सर्भेयरले भोग्ने गरेको समस्या ?

अन्य पेशामा जस्तै यसमा समेत अवसर र चुनौती दुवै रहेका छन् । सर्भेयरले कम्पनीले खटाएको ठाउँमा जानैपर्ने हुन्छ । अझ सकेसम्म चाँडै जान पर्ने पनि हुन्छ । सर्भेयरले टाढा समेत गएर आफ्नो कायै गर्ने गर्छन् । यसरी सर्भेयरलाई पठाइने गन्तव्य भने दुर्गम ठाउँ समेत हुने गरेको पाइन्छ । यस्ता ठाउँमा जादा उनीहरुले आफ्नै किसिमको समस्या भोग्ने गरेको पाइन्छ । नयाँ पार्टी अर्थात् घटनासँग सम्बन्धित नौला व्यक्तिसँग गर्नैपर्ने सम्झौता नै सर्भेयरका समस्याका रुपमा पाइने गरेको छ ।

सर्भेयरलाई चैं कस्ले अनुगमन गर्छन् त ?

सर्भेयर आफैंले अर्काका गल्ती पत्ता लगाउने काम गर्ने हो । यसो भन्दैमा सर्भेयरले गल्ती गर्दैनन् भन्न खोजेको भने होइन । यसरी काम गरेको बेलामा केही शंका आएमा नियामकले नै खोजी गर्ने गरेको पाइन्छ । तर, यसरी शक्तिको दुरुपयोग भने हजारौंमा एकले गर्लान् किनकी उनीहरुको मुख्य पेशा नै अनियमितता कम गर्न सघाउने नै हो ।

सर्भेयरले कसरी अनियमितता हटाउन सघाउने  ?

अनियमितता हटाउन सघाउने काम सर्भेयरले गर्ने गर्छ । यस्तो हिसाबमा बीमा फछ्र्यौट गर्ने अंग भएकाले सर्भेयरबाट बीमा बजारमा सकारात्मक अपेक्षा रहने गर्छ ।

अग्नि बीमा गरेकाहरुले आगो लाग्दा दाबी माग गर्नु स्वभाविक हो । यसरी बीमाको दाबी हुदा सर्भेयरले आगलागी भएको हो कि होइन हेर्ने गर्छन् । यस्तो अवस्थामा आगलागीको प्रकृति समेत हेर्ने गरिन्छ । जस्तै, आगो घर भान्साको काम गर्दा लागेमा त्यसमा सहजै पैसा पाइने भयो । तर, यदि आतंक फैलाउने उद्देश्यसहित कसैले जानी जानी लगाइएको आगोको भने दाबी गरेको पैसा पाइँदैन । यसरी नै आगो कसैले हुलदंगा गर्दा लगाईएमा पनि पैसा पाइँदैन । यस्ता कुराको निरीक्षण गर्न सर्भेयरेको आवश्यकता पर्छ ।

यसरी क्षतिको कारण पत्ता लगाउन सर्भेयरले अनुसन्धान गर्ने गर्छन् । अनुसन्धानको आवश्यकता सदैव हुने भएकाले सर्भेयर आवश्यक मानिन्छन् ।

सर्भेयरको लाइसेन्स कति अवधिको लागि मान्य हुन्छ ?

सर्भेयरले पाएको लाइसेन्स एक बर्षको अवधिको लागि हुन्छ । यसरी पाएको लाइसेन्सको वार्षीक रुपमा नवीकरण गर्नु पर्ने हुन्छ । सो नवीकरण गरेपछि सोही सर्वेयरले आगामी १ बर्षको लागि काम गर्ने गर्छन् । यसरी नै प्रत्येक वर्ष नवीकरण गर्दै सर्वेयरले आफ्नो कार्य गर्दै आएको पाइन्छ ।

सर्भेयरले गरेको अनुसन्धान कस्लाई बुझाउने गरिन्छ ?

सर्भेयरले आफूले गरेको अनुसन्धान सम्बन्धित कम्पनीमा पठाउने गर्छन् । यसरी सम्बन्धित कम्पनीमा अनुसन्धानको विवरण पठाएपछि कम्पनी तथा बीमित, बीमक सबैलाई बीमा फर्छौट गर्न सहज हुने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.