फेब्रुअरीलाई ‘आयोडिन मन्थ’का रुपमा मनाइँदै, नुनबारे जनचेतना बढाउने उद्देश्य

  २०७५ माघ २८ गते १३:२७     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अँग्रेजी महिना फेब्रवरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ ।  आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा गत माघ १८ गते (१ फेबुवरी २०१९) देखी १ महिनाभरी सरकारले ‘आयोडिन मन्थ’को रुपमा मनाउने भएको छ ।

नेपालमा सन् १९९८ देखि फेब्रवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएकोमा कम्पनीले यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।

सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४.५ प्रतिशत पुगेको थियो । नेपाल यूनिभर्सल साल्ट आयोडिाइजेसनको सदस्य राष्ट्रको हैसियतले फेब्रवरी महिनालाई आयोडिन मन्थ घोषणा गरी महिनाभरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको हो ।

यस कार्यक्रमबाट आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीको सम्बन्धमा आम जनसमुदायलाई जानकारी दिने साल्ट ट्रेडिङ्गले लक्ष्य लिएको छ । अभियानको क्रममा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको झोला टी सर्ट, पम्पेलट जस्ता सामाग्री वितरण गर्न साल्टले टोली समेत खटाउने जनाएको छ । साथै, कम्पनीले उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गरकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.