माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा शुरु

  २०७५ माघ २८ गते १३:२८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एजुकेसन हब’सेवा शुरु गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई उक्त सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा रअनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो ।

बैंकको काठमाडौं स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्तगर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।

यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।

हाल बैंकका ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुविधाप्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.