नेपाल इन्स्योरेन्स आक्रामक बजार विस्तारमा, ५०% प्रिमियमसहित बीमा लेख संख्या १३६ %ले बढ्यो

  २०७५ माघ २८ गते १२:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा आक्रामक बजार विस्तार गरेको छ । सरकारी स्वामित्व समेत रहेको नेपालकै सबैभन्दा पुरानो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको इन्स्योरेन्सले यो आर्थिक वर्षको पहिलो छ महिनामा कुल बीमालेख संख्या अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १३६ प्रतिशतले बढाएर ७१ हजार पुर्याउँदा खुद बीमाशुल्कमा करिब ५० प्रतिशतको वृद्धि हासिल गरेको छ ।

इन्स्योरेन्सले उक्त अवधिमा २४ करोड १ लाख रुपैंया खुद प्रिमियम संकलन गरेको हो । उक्त अवधिमा नेपाल इन्स्योरेन्सले पुनर्बीमा कमिसनबापत ८ करोड १९ लाख रुपैंया आर्जन गरेको छ भने अन्य लगानीबाट ३ करोड ८४ लाख रुपैंया आर्जन गरेको छ ।

६१ करोड ७६ लाख चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सले तीन महिनाको अवधिमा जगेडा कोषमा करिब १ करोड र बीमाकोषमा करिब साढे २ करोड रुपैंया बढाएर क्रमशः २७ करोड ३६ लाख र २३ करोड १४ लाख रुपैंया पुर्याउएको छ ।

६ महिनासम्मको अवधिमा कम्पनीले ९२८ ओटा दाबी भुक्तानी गर्दा कुल १७ करोड २३ लाख रुपैंया भुक्तानी गरेको छ । कम्पनीकाे खुद नाफा भने ६ महिनामा ७ करोड कायम भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ७१ प्रतिशतले बढी हो ।

तत्कालिक प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समालेपछि खस्कदै गएकाे याे कम्पनीकाे व्यवस्थापकिय नेतृत्व  विजयबहादुर शाहले लिएपछि व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि अाएकाे छ । नेपाल बैंककाे स्वामित्वमा रहेकाे सेयर लिलामी पछि कम्पनीकाे सेयर संरचना र बाेर्ड संरचनामा पनि परिवर्तन भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.