सेवा विस्तारमा आक्रामक बन्दै निजी एयरलाइन्स कम्पनीहरु, एकै महिनाभित्रै आउँदैछ ६ जहाज

  २०७५ माघ २८ गते १३:२७     खेमराज श्रेष्ठ

काठमाडौं । निजी क्षेत्रमा ३ एयरलाइन्स कम्पनीहरूले फागुन महिनाभित्रै  ६ वटा जहाज ल्याउने भएका छन् । बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरलाइन्सले एक महिनाभित्रै आन्तरिक उडानका लागि कम्पनीहरुले ७४ सिट क्षमताको उक्त जहाजहरू ल्याउन लागेका हुन् ।  हवाई यात्रुको संख्या बढ्दै जादाँ कम्पनीहरुले सेवा विस्तारलाई तिब्रता दिन थालेका हुन् । कम्पनीहरूकाे जहाज थप्ने प्रतिस्पर्धासँगै  नेपाली एयरलाइन्स व्यवसायमा नयाँ आयाम थपिन लागेकाे छ ।

बुद्ध एयरले ७४ सिट क्षमताको २ जहाज ल्याउने अन्तिम तयारी गरेको छ । आन्तरिक उडानमा करिब ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बुद्ध एयरले २ जहाज फागुन महिनामै ल्याउने तयारी गरको हो । नयाँ आउने एटीआर ७२–५०० सिट क्षमता ७२ हुनेछ । त्याेमध्ये एउटा जहाज फागुनको तेस्रो साता काठमाडौं आइपुग्ने एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए । अर्को जहाज एक हप्तापछि आइपुग्नेछ । उनका अनुसार एटिआरले आन्तरिक उडान समेत गर्नेछ । भरतपुर र पोखरामा एटिआर उडाउने कम्पनीले तयारी गरेको छ । कम्पनीले आगामी बैशाख २ गते एयरले काठमाडौंदेखि कोलकत्ता सिधा उडान शुरु गर्ने पनि तयारी गरेको छ ।

भर्खरै अन्तराष्ट्रिय उडानको अनुमति पाएको श्री एरलाइन्सले आन्तरिक उडानलाई प्रभावकारी बनाउन कम्पनीले २ जहाज थप्ने तयारी गरेको हो । जहाज फागुन महिनाको अन्त्यसम्म आइपुग्ने प्रबन्धक मानन्धरले जानकारी दिए । ७४ सिट क्षमताको २ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, फागुनमा जहाज आएपछि सोहि जहाजले अन्तर्राष्ट्रिय चार्टर गर्न पाउनेछ ।

विमान खरिदको काम अघि अन्तिम चरणमा पुगेको एयरलाइन्स प्रमुख सुधिर मित्तलले बताए । उनका अनुसार विमान खरिदको लागि कम्पनीले डेढ अर्ब रुपैंया भन्दा बढी खर्च गर्नेछ ।

४ वटा जहाजले आन्तरिक उडान गरिरहेको एयरलाइन्सको २ वटा जहाज काठमाडौं आएपछि जहाज संख्या ६ पुग्नेछ । सुरुमा दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग गर्ने कम्पनीको तयारी रहेको छ भने वैकल्पिक रुपमा सोहि जहाजलाई अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्नेछ ।

हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ । कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ ।

यसैगरी यति एयरलाइन्सले पनि जहाज थप्ने तयारी गरिरहेको छ । आन्तरिक उडानलाई थप प्रभावकारी बनाउन २ वटा जहाज थप्ने तयारी गरेको छ । कम्पनीले ७२ सिट क्षमताको २ जहाज फागुनमै ल्याउन लागेको कम्पनी स्रोतले बताएको छ । कम्पनीले आन्तरिक उडानलाई थप प्रभावकारी बनाउन जहाज थप्न लागेको हो ।

हाल नेपालमा बुद्ध एयर, नेपाल एयरलाइन्स्, सुर्य एयरलाइन्स्, श्री एयरलाइन्स्, सिम्रिक एयरलाइन्स, सिता एयर, सुमित एयर, तारा र यति एयरलाइन्सले आन्तरिक उडान भर्दै आइरका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.