एचएच बजाजको “पल्सर राईड मेनिया” सम्पन्न

  २०७५ माघ २७ गते १८:२४     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च सम्पन्न मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया”प्रस्तुत गरी सम्पन्न गरेको छ । बजाजले माघ २७ गते उक्त र्याली आयोजना गरेको थियो ।

पल्सर राईड मेनियामा नारायण गडका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया नारायणगढबाट शुरु भएर मादीमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभवगर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनियाप्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया,बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटरस्ले नारायणगढबाट शुरुभएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.