सहयोगी विकास बैंकले तीन चक्के सवारीमा लगानी गर्ने, ६० % कर्जा दिने

  २०७५ माघ २६ गते १४:२९     विकासन्युज


जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा ललितपुरमा दर्ता भएको जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रालिको तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरे ।

यो संझौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रडिङ्गले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । तर, कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो संझौतामा उल्लेख छ ।

कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ । जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत संझौतामा उल्लेख छ ।

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ ।

यो संझौता २०७७/०९/३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिनुभयो । बैंकको यो लगानीबाट आर्थिक अवस्था कमजोर भएका मेहनतीहरुले टेम्पो सेवा सञ्चालन गरी उनीहरुको समृद्धिमा टेवा पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृत रिजालले लिए ।

आफ्नो सेवाकालको १६ औं बर्षमा हिडिरहेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकले यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।

सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको यो बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ । त्यस्तै बैंकले पुस मसान्त सम्मको बासलातअनुसार २९१ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।

गएको १ बर्ष भित्र बैंकले एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत ३ वटा शाखामार्फत एटीएम सुविधा उपलब्ध गराउदै आएको छ । थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा बैंक रहेको छ । त्यसका साथै बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म ४ अर्ब ३४ करोड ६८ लाख निक्षेप संकलन गरी, ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । बैंकमा हाल ८५,००० जना ग्राहकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.