युनिभर्सलको आईपीओमा १०० कित्ताभन्दा बढी पाईने सम्भावना

  २०७५ माघ २५ गते १६:३८     विकासन्युज

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको शुक्रबारदेखि खुलाएको आईपीओमा १०० कित्ताभन्दा बढी पाइने सम्भावना रहेको छ । गत ४/५ वटा सार्वजनिक निष्काशन भएको सेयरको आवेदकको संख्यालाई हेर्दा उक्त आईपीओमा लगानी गर्दा इच्छा अनुसार सेयर पार्न सकिने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

सेयरको माग संख्यालाई हेर्दा यदि ८६ हजार ७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६ लाख ७४ हजार ४०० कित्ता सेयर बाँडफाँड हुने कम्पनीले बताएको छ ।

दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनीले माघ २५ देखि माघ २९ गतेसम्म सार्वजनिक सेयर निष्काशन गरेको छ । कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.