भृकुटीमण्डपमा शुरु भयो नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो

  २०७५ माघ २५ गते १४:१९     विकासन्युज


काठमाडौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजबाट पाँचौ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ । उक्त एक्स्पो ३ दिनसम्म चल्ने छ । सो एक्स्पोमा सिमेन्ट, स्टील, जस्तापाता, छाना, केवलका तारहरु, प्लम्बिङ मिसिन, ब्लकदेखी लिएर भारी सामान उठाउने (हेवि इक्यूपमेन्ट) डोजरहरुसम्म राखिएका छन् । सर्वसाधारणहरु मेलामा निःशुल्क प्रवेश गर्न सक्ने छन् ।

मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहेका छन् । निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बिन्धित उत्पादनहरु जानकारी गराउने र यो क्षेत्रमा आउने नयाँ नयाँ प्रबिधिको बारेमा बताउन प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकले बताएका छन् ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकसहित निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट इञ्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स र इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.