मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हुने, पास भयो कार्यविधि

  २०७५ माघ २५ गते १२:३५     विकासन्युज


हेटौंडा । ३ नम्बर प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास गरेको छ ।

त्यसैगरी ४ सामाजिक बिकास मन्त्रालय पेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन सम्बन्धि कार्यविधि पास गरेको छ । यस्तै आन्तरिक तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश बिपद कोष सञ्चालन कायविधि २०७५ स्वीकृत गर्नुका साथै दुर्घटना सम्बन्धि आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यता, नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवारलाई प्रति परिवार एकलाख रुपियाँको दरले रकम सहायता प्रदान गरिने गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय समेत गरेको थियो ।

युवाको जोश र जाँगर देश निर्माणमाः मुख्यमन्त्री पौडेल
यता, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवाहरुको जोस र जाँगरलाई देश निर्माणमा लगाउनु पर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको अयोजनामा ३ नम्बर प्रदेशका युवा उद्यमी तथा युवाहरुका लागि परामर्श एवम् युवा उद्यमी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले युवाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमा बोल्दै अर्थ मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले युवाहरुले भान्सा देखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफुलाई सक्षम बनाउनु पर्ने धारणा राख्नु भयो । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख कृष्णप्रसाद घिमिरेलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.