गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु

  २०७५ माघ २५ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले उक्त नगरको तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेको बताएका छन्

उक्त अवसरमा टेलिकम कार्यालय गल्याङले सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख रामराज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए । नेपाल टेलिकमले सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको जानकारी दिएका छन् । टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.