अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख, बीमा शुल्क १२ करोड १३ लाख

  २०७५ माघ २५ गते १०:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले १ करोड २३ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा सो नाफा आर्जन गरेको हो । अजोडले असोज मसान्तमा ५८ लाख नाफा आर्जन गरेको थियो ।

सञ्चालनम आएको ६ महिना नपुग्दै कम्पनीले आफ्नो नाफालाई करोडको आँकडामा पुर्याएको हो । यसैबिच अजोडले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याईसकेको छ । १३ हजार २ सय २८ वटा बीमा लेख बिक्रि वापत कम्पनीले सो मात्रामा बीमा शुल्क आर्जन गरेको हो ।

अजोडमा २२ वटा दावी वापत २१ लख भुक्तानी गरिसकेको छ भने ५७ वटा दावीको भुक्तानी प्रक्रिया अघि बढाएको छ । ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ४२ लाख जम्मा भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.