आचार्य बालकृष्णले भने-जग्गा उपलब्ध गराउनुुस्, पहिलो चरणमा एकसय करोड लगानी गर्छु

  २०७५ माघ २४ गते १५:१५     विकासन्युज


वालिङ । आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताए ।

मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भने, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।”

वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गरे ।

वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.