बेलकोटगढी नगरपालिकामा रु १० करोड पूरक बजेट

  २०७५ माघ २४ गते १२:१५     विकासन्युज

काठमाडौं । नुवाकोटकाे बेलकोटगढी नगरपालिकाले रु १० करोड पूरक बजेट विनियोजन गरेको छ ।

चौथो नगरसभाले नगरपालिकाभित्र आवश्यक योजना सञ्चालनका लागि रु १० करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिएका छन् ।

वडाध्यक्ष लोहनीका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, विभिन्न पाँच वटा वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ ।
नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन, २०७५ र घर निर्माण आचार संहिता सम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाको भनाइ रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.