एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार सम्बन्धि सम्झौता

  २०७५ माघ २४ गते ११:२१     विकासन्युज

काठमाडौं । एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभरि हाल ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.