सरकारले गर्न लागेको लगानी सम्मेलनको औचित्य छैनः पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी

  २०७५ माघ २४ गते १२:३०     विकासन्युज


वर्तमान सरकार बैदेशिक लगानी नेपालमा भित्र्याएर मुलुलकलाई समृद्ध पार्ने अभियानमा छ । सोही शिलशिलामा यही चैत १५ र १६ गते नेपालमा लगानी सम्मेलन हुँदैछ । यसअघि २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन भएको थियो । सो सम्मेलनका क्रममा १४ खर्ब रुपैयाँ बैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । तर, सो प्रतिबद्धता अनुसार बैदेशिक लगानी नेपालमा आएन, अहिलेपनि बैदेशिक लगानी घटिरहेको तथ्याङ्कले देखाएको छ । यही अवस्थाका बीच हुन लागेको लगानी सम्मेलनको  औचित्य र लगानी सम्मेलनको अनुभवका बारेमा तत्कालीन उद्योगमन्त्री तथा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीसँग विकासन्यूजका लागि राजाराम न्यौपानेले गर्नुभएको कुराकानी:

अहिले हुन लागेको लगानी सम्मेलनको आवश्यकता, औचित्य र प्रभावकारिता कस्तो देख्नु हुन्छ ?
वर्तमान सरकारले यही चैत १५ र १६ गते गर्न लागको लगानी सम्मेलनको म केहीपनि औचित्य देख्दिन । विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उत्साहित बनाउने काम वर्तमान सरकारले गरेको छैन । हामीले गर्न लागेको लगानी सम्मेलनले नयाँ कुरा, नयाँ लगानीको वातावरण के दिन लागेका हो त ? नेपाल डुइङग बिजनेसमा ५ स्थान तल झरेको छ । नेपालमा लगानीको वातावरण घट्दै गएको देखिएको छ । अनि यस्तो अवस्थामा लगानी सम्मेलन गर्दा कहाँका लगानीकर्ता आएर लगानी गर्छ त ? हाम्रो अर्थतन्त्र ट्रयाकमा पनि छैन ।

लगानी सम्मेलन गर्दा के-के गर्नु पर्छ ?
विदेशी लगानीकर्ताहरुलाई पहिले त यसरी लगानी गर्न सकिन्छ भनेर प्रष्ट पारेर बुझाउनु पर्छ । प्रक्रिया के हो भनेर प्रष्ट नहुँदासम्म विदेशी लगानीकर्ताहरु आउँदैनन् । कुनै विदेशी लगानीकर्ताले १ खर्ब लगानी गर्छु भन्यो भने त्यसले उद्योगको भौतिक संरचनामा कति समय दिने, कामदारहरु कति दिनमा नियुक्ती गर्ने र स्वीकृत लिन कति समय लागछ भने कुरा नै प्रष्ट छैन । सरकारले ऐन र नियमहरु प्रष्ट पर्नु पर्छ । एउटा लगानीकर्ताले कति समयमा के–के गर्न सक्ने भनेर यो सरकार प्रस्ट हुनुपर्छ । यो सरकारको बोली एउटा र काम अर्काे भैरहेको छ । सरकारले बोली र काम एउटै बनाउनु पर्छ । पहिलेको लगानी सम्मेलन भन्दा के फरक दिन खोजेका हो त ? लगानी सम्मेलनमा प्रष्ट पार्नु पर्छ ।

नेपालको कुन-कुन क्षेत्रमा वैदेशिक लगानीको खाँचो छ ?
वैदेशिक लगानी हाम्रो देशका ठूला उद्योगहरुमा नै लगाउनु पर्छ । हाइड्रो, कृषि र पर्यटनमा पनि विदेशी लगानी भित्र्याउनु पर्ने देखिन्छ । जसले उद्योग, हाइड्रो, कृषि र पर्यटन जस्ता विभिन्न क्षेत्रमा लगानी गरेर देशमा भएको बेरोजगारी समस्यालाई समाधन गर्न सकिन्छ । अनि देशमा नै रोजगार सिर्जना हुँदै जाँदा देशलाई आर्थिक क्षेत्रमा अगाडि पुर्याउन सकिन्छ ।

नेपालमा लगानीको वातावरण घट्दै गएको देखिएको छ । अनि यस्तो अवस्थामा लगानी सम्मेलन गर्दा कहाँका लगानीकर्ता आएर लगानी गर्छ त ? हाम्रो अर्थतन्त्र ट्रयाकमा पनि छैन ।

नेपालमा लगानी सम्मेलन गर्दा विदेशीहरुले लगानी प्रतिबद्धता जनाउँछन, तर प्रतिबद्धता अनुसार लगानी आउँदैन किन ?
लगानीकर्ताहरुलाई कुन प्रक्रियाबाट लगानी गर्न दिने हो भनेर प्रस्ट नभएका करणले नै विदेशीले प्रतिवद्धता जनाउने र पछि लगानी नआउने भइरहेको छ । यसका लागि हामीले पहिले नै विदेशी लगानीकर्ताहरुले स्पष्ट पारिदिनु पर्छ । ठूला लगानीकर्ताले पैसा राखेर बस्दैनन् । उनीहरुले जुन देशमा लगानी गर्न सरल र सहज हुन्छ त्यहि देशमा लगेर लगानी गरिरहेका हुन्छन् । जस्तै, काठमाडौँमा रेलको कुरामा लगानीको कुरा आउँदा महानगरपालिकाले मेरो क्षेत्र हो भनेर भनिरहेको हुन्छ । अनि विदेशी लगानीकर्ताले रेलमा लगानी गर्न चाहदा महानगरले मेरो क्षेत्र हो भन्छ अनि विदेशी लगानीकर्ताहरु निरास हुन्छन् ।

लगानी सम्मेलनका कुरा गरिरहँदा स्थापना भएका विशेष आर्थिक क्षेत्र (सेज) मा लगानी आउन सकेको छैन किन ?
सेज भनेको एकदमै राम्रो कुरा हो । विदेशी बस्तुहरुको आयातलाई कम गरी नेपाली उत्पादनहरुलाई विदेशमा पठाउने कार्यमा सेजको निकै ठूलो भुमिका हुन्छ । ठूला अर्थतन्त्र भएका देशहरु भारत र चीनको बीचमा हामी छौँ । सेजमा उद्योगहरुको आकर्षण गर्न सरकारले ऐनहरुलाई उद्योगी मैत्री बनाउनु पर्छ ।

लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुलाई बोलाउँदै गर्दा नेपाली लगानीकर्ता छायाँमा परेका हुन् ?
हामीले पहिलो प्राथमिकतामा नेपाली लगानीकर्ताहरुलाई नै राख्नु पर्छ । पछिलो २ वर्षमा विदेशी लगानी करिव ४० प्रतिशतले घटेको छ । नेपालले स्वदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नु परो अनि मात्रै नेपाली लगानीकर्ताहरुले उत्साका साथ लगानी गर्ने वातावरण बन्छ । विदेशी लगानी आउँदा पैसा मात्रै आउँदैन त्यसमा प्रविधि, नयाँ कुराको ज्ञान र मार्केट पोलिसपनि आउँछ । विदेशी लगानीले आर्थिक बृद्धि गर्छ र उद्योगमा प्रतिष्पर्धा ल्याउँछ । शुरुमा निजी बैंकहरुको आगमनसँगै बैंकहरु प्रतिष्पर्धी हुँदै गइरहेका छन् ।

त्यसबेलाको लगानी सम्मेलन ३ वटा कुरामा फोकस थियो । पहिलो आर्थिक हो । त्यतिबेला नेपाल आर्थिक क्षेत्रमा अगाडि बढिरहेको थियो । सबै राजनीतिक दलहरु आर्थिक बृद्धिका लागि परेका थिए, सबै राजनीतिक दलहरुको सहभागितामा सम्मेलन भएको थियो ।

तत्कालीन समयको लगानी सम्मेलनमा कुन कुन परियोजना अगाडि सारिएका थिए, अहिले तिनको अवस्था के छ ?
त्यतिबेलाको लगानी सम्मेलनमा हाइड्रो, पर्यटन, ट्रेन र फुड इण्डष्ट्रीलाई अगाडि सारेको थिएँ । तर ती सबै अगाडि बढिरहेको छैन । पछिल्लो सरकारले ती परियोजनाहरुलाई आत्मसाथ गरेका छैन । आत्मसाथ गरेर भए देशको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने थियो ।

यसअघिको लगानी सम्मेलनमा गर्दा के के चुनौतीहरु सामन गर्नु भयो ?
तत्कालीन समयमा म उद्योग मन्त्री भैसकेपछि उद्योगलाई रिफर्म गरे । रिफर्म गरेर मात्रै भएन, त्यसमा वैदेशिक लगानी कसरी आकर्षण गर्न र स्वदेशी लगानीहरुलाई कसरी व्यवस्थित बनाउने भन्ने समस्या थियो । त्यतिबेला अर्थ मन्त्रालयले नै लगानी सम्मेलन गरेको थियो । म उद्योग मन्त्री भएको बेला लगानी सम्मेलन गरेको हो । त्यसबेलाको लगानी सम्मेलन ३ वटा कुरामा फोकस थियो । पहिलो आर्थिक हो । त्यतिबेला नेपाल आर्थिक क्षेत्रमा अगाडि बढिरहेको थियो । सबै राजनीतिक दलहरु आर्थिक बृद्धिका लागि परेका थिए, सबै राजनीतिक दलहरुको सहभागितामा सम्मेलन भएको थियो ।

के के कुरामा परिवर्तन गरी लगानी सम्मेलन भएको थियो ?
हामीले त्यस बेला धेरै कुरामा परिवर्तन गरेर मात्रै लगानी सम्मेलन गरेका थियौँ । नेपालमा नयाँ ऐनहरु आएका थिए । ती ऐनहरुले विदेशी लगानीकर्तालाई उत्साहित गर्यो । उद्योग दर्ता गर्दा हुने भष्ट्राचारलाई अन्त्य गर्दै अनलाइनबाट नै कम्पनीहरु दर्ता गर्न सकिने व्यवस्था गरेका थियौँ । एक हप्तासम्म पनि कम्पनी दर्ता भएन भने मन्त्रालायलाई यो यो कारणले दर्ता गर्न सकिएन भनेर जानकारी गराउने व्यवस्था गरेका थियौँ । दर्ता पछाडिको प्रकियालाई सरल बनाएका थियौँ । पाँचवटै मन्त्रलायको काम एकै ठाउँबाट हुने व्यवस्था गरेका गरेका थियौँ । त्यसबेला सबै राजनीतिक दलहरुको सहभागितामा नेपालमा लगानी सम्मेलनको प्रचुर सभावना छ भनेर विश्वलाई जानकारी दिएका थियौँ । म मन्त्री हँदा नै फिटा क्यबिनेटबाट पास भएको हो । अहिले संसदमा फिटा चासोको विषय बनेको छैन । के कारणले यो सम्मेलग गर्न लागेको हो त ? लगानी सम्मेलनले लगानी कर्ताहरुलाई के दिन खोजेको हो भन्ने कुरा फिटामा प्रष्ट हुनु पर्छ ।

ठूला लगानीकर्ताले पैसा राखेर बस्दैनन् । उनीहरुले जुन देशमा लगानी गर्न सरल र सहज हुन्छ त्यहि देशमा लगेर लगानी गरिरहेका हुन्छन् । जस्तै, काठमाडौँमा रेलको कुरामा लगानीको कुरा आउँदा महानगरपालिकाले मेरो क्षेत्र हो भनेर भनिरहेको हुन्छ । अनि विदेशी लगानीकर्ताले रेलमा लगानी गर्न चाहदा महानगरले मेरो क्षेत्र हो भन्छ अनि विदेशी लगानीकर्ताहरु निरास हुन्छन् ।

तपाईं उद्योग मन्त्री हुँदा बन्द रहेका औषधि लिमिटेड जस्ता उद्योगहरु पून संचालन गर्नु भएको थियो । अहिले ती उद्योगहरुले सोचे अनुसार काम गरिरहेका छन् त ?

औषधि लिमिटेड मैले सञ्चालमा ल्याएको थिएँ । म केहि समय उद्योग मन्त्री रहेको भए बन्द रहेका उद्योगहरुलाई सञ्चालमा ल्याउँथे, त्यतिबेलाको सरकार ९ महिनाको मात्रै थियो । उद्योगको विकास विना देश विकास हुन सक्दैन । हाम्रो देश अर्थतन्त्र राम्रो भएको देशहरुको बीचमा पनि छ, त्यसैले पनि उद्योगहरुलाई विकास गर्न सजिलो छ । भ्रष्ट नभै सच्चा मनले काम गर्ने हो भने देशका उद्योगहरु पुनः संचालन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.