‘अर्थतन्त्रलाई चलायमान बनाउन चार निकायहरुको कार्यदल गठन गर्नुपर्छ’

  २०७५ माघ २३ गते १८:०८     विकासन्युज

काठमाडौं । पूर्व अर्थसचिव युवराज भुषालले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनको कार्यदल गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार रिपोटर्स क्लबमा आयोजित बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटको विषयमा छलफल सम्बन्धी कार्यक्रममा भुषालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै भुषालले राष्ट्र बैंकको सुपरिभेक्षण तथा नियामक निकायहरुको क्षमता कम भएर यस्तो समस्या देखिएको हुनसक्ने बताए । त्यसैले, यस्ता समस्याहरुको न्युनिकरण गर्न यी चार निकायहरुले एकले अर्कालाई निर्देशन दिनुभन्दा एकआपसबीच एउटा कार्यदल गठन गरी विभिन्न उपायहरु अपनाउनु पर्ने देखिएको भुषालले जनाएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा.दिपेन्द्रबहादुर क्षेत्रीले केही दिनयता लक्जरीयस सामानको माग ४० देखि ५० प्रतिशतसम्मले घटेपछि बजारमा ठूलो हंगामा मच्चिएको बताए । उनले हाल नेपालको अर्थतन्त्रमा मूल्य वृद्धि ३.७ प्रतिशत हुनु, राजश्व असुली ४४ प्रतिशतले वृद्धि, पर्यटकको संख्या बढ्नु अर्थतन्त्रलाई अनुकुल हो । तर, अहिलेको अर्थतन्त्रको यी दुईचारवटा पक्षहरु सकारात्मक देखिँदा देखिँदैपनि पहिलो पटक बजारमा तरलता अभावको समस्या देखिएको पुर्व गभर्नर क्षेत्रीले बताए । उक्त समस्या समाधान गर्न दुई तिहाई सरकारले अर्थतन्त्रका कमी कमजोरीहरुलाई हटाउन प्रयत्न गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योगी व्यवसायीहरुले कर लगायत व्याजको भारले गर्दा उद्योग व्यवसायीहरुले पहिलो पटक बैंकको इस्यु बनाएर आन्दोलन गरेको बताए । व्याजदर नघटे उद्योगधन्दा नगर्ने भन्दै व्यवसायीहरुले भैरहवा, सुर्खेत, विराटनगर लगायत देशका विभिन्न स्थानहरुमा अन्दोलन गरिरहेका उनले बताए ।

देशमा पछिल्लो समयमा देखिएको आर्थिक संकटको समाधान गर्न नियामक निकायहरुबीच सकारात्मक सहमति हुन आवश्यक छ । साथै, उपाध्यक्ष प्रधानले आगामी माघ मसान्तभित्र ती निकायहरुबीच सहमतिको वातावरण नमिले फागुन १ गतेदेखि चर्को आन्दोलन शुरु गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.