एभरेष्ट मःम अष्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रेन्चाइज बिक्री गर्ने

  २०७५ माघ २३ गते १६:४०     विकासन्युज

काठमाडौँ । एभरेष्ट मःमः अष्ट्रेलियाले पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्री गर्ने भएको छ । एभरेष्ट मःम अष्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःमः हरु उपलब्ध गराउदै आएको छ ।

एभरेष्टले नेपाली वास्तविक मःमको स्वाद अष्ट्रेलिया भरि पस्कदै संसारका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ । अष्ट्रेलियन स्थानीय गुणस्तरीय उत्पादनहरु प्रयोग गर्दै स्वस्थ र स्वादिलो मःम ग्राहकहरु समक्ष उपलब्ध गराउदै आएको छ ।

संग-संगै अगाडी बढौं भन्ने उद्देश्यका साथ सिड्नीको विभिन्न १० क्रमशः अर्वन, बोन्दाई, ब्ल्याक टाउन, हर्नस्की, हर्स्भिल, लिभरपूल, भेन्ले, न्युट्रल वे, न्यु टाउन, रकडेलमा लगानी गर्न आव्हान गरेको छ ।

यस व्यवसायमा थोरै लगानी, कम झन्झटिलो र थोरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको यस संस्थाका संचालक सन्तोष अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.