के हो स्पाईन क्यान्सर ? नेपालमै यसको उपचार सम्भव छ !

  २०७५ माघ २३ गते १६:३०     विकासन्युज

डा. गौरव राज ढकाल, स्पाईन सर्जन

काठमाडौं। केही दशक अघिदेखि, स्पाइन क्यान्सरको बिरामीको संख्या बढ्दो देखिन्छ। आयु बढ्दै जाँदा क्यान्सर हुने सम्भावना पनि बढेर जान्छ। स्पाईन क्यान्सरले सबै उमेर समूहको ब्यक्तिलाई असर गर्दछ। तर यो बिशेष गरेर पचास वर्ष उमेर भन्दा माथिको ब्यक्तिलाई लाग्न सक्ने सम्भावना बढी हुन्छ।

स्पाईन क्यान्सर वा स्पाईन ट्यूमर दुई प्रकारका हुन गर्छन्: प्राथमिक ट्यूमरको स्थान स्पाईन हुन्छ र माध्यमिक स्पाइन ट्युमर विभिन्न स्थान वा अंगमा हुनसक्छ। बच्चाहरूमा प्राथमिक स्पाइन ट्यूमर बढी देखिन्छ भने वयस्कहरूमा माध्यमिक स्पाइन ट्यूमर बढी देखिन्छ। माध्यमिक स्पाइन ट्यूमरहरूलाई मेटास्टेटिक स्पाइनल ट्यूमर पनि भनिन्छ र यसको बिरामीको संख्या बढ्दो छ ।

संयुक्त राज्य अमेरिकामा मात्र हरेक वर्ष १.६ मिलियन क्यान्सरका बिरामीहरु पत्ता लाग्ने गरेको छ। फोक्सो र कलेजो पछि सबैभन्दा फैलने क्यान्सर भनेको स्पाईन एरियाको क्यान्सर हो।  स्पाइन क्यान्सर रोगीहरु मध्ये ५ देखि १०% बिरामीलाई हात र खुट्टामा समस्या हुन गई पिसाब र दिसामा समस्या आउने गर्दछ।

स्पाईन क्यान्सरको लक्षण

महिलाहरुमा स्तन क्यान्सर र पुरुषहरुमा प्रोस्टेट क्यान्सर स्पाईनमा फैलने गर्दछ। स्पाईन क्यान्सरको प्राय देखिने लक्षण भनेको ढाँडको दुखाइ हो। यो दुखाइ अचानक र कडा हुनसक्ने वा सामान्य पनि हुन सक्दछ। दुखाइ कम गर्ने औषधीको प्रयोग अथवा उपचार पछि पनि यसको पीडा कम नहुन सक्छ। दुखाइको कारण बिरामीको हात-खुट्टा कमजोर भई प्यारालाईसिस तथा दिशा पिसाबमा पनि समस्या हुनसक्छ।

नेपालमा यसको उपचार सम्भव छ !

स्पाईन क्यान्सरको उपचार पूर्ण रुपमा स्पाईन सर्जनको क्लिनिकल परीक्षण, एक्स रे, सिटी स्क्यान अथवा एमआरआई स्क्यान र रक्त परीक्षणबाट गर्न सकिन्छ।

स्पाईन क्यान्सरको उपचार अधिकांश रोगीहरूले स्पिन सर्जरी, विकिरण र कीमोथेरेपीबाट गर्न सकिन्छ ।  यसको उपचारको प्रकृया बिरामीको अवस्था हेरेर फरक हुनसक्छ र यो बिरामीको फिटनेस, ट्यूमरको आकारमा आधारित हुन्छ।

नेपालमा एकै छट मुनि अहिले क्यान्सर विशेषज्ञहरूको पाउनुको साथै क्यान्सरको उपचारको लागि आवश्यक सबै सामाग्री उपलब्ध छन्। नेपालमा नै  स्पाईन क्यान्सर उपचार गर्न सम्भव छ। उपचार सुरू गर्नुअघि रोगी र उनका आफतहरुसँग  स्पाईन सर्जनको उपचारको समय हुने कुराको बारेमा सामान्य छलफल गर्नु आवश्यक हुन्छ।

स्पाईन क्यान्सर बढ्दो आयुसँग बढ्दै गएको देखिन्छ।
स्पाईन क्यान्सर प्राथमिक वा मेटास्टेटिक हुनसक्छ।
– मेटास्टेटिक स्पाईन क्यान्सर वयस्कमा देखिन्छ।
– अत्याधिक ढाँड दुख्ने वयस्कहरूको दुखाईको मापन हुन जरुरी हुन्छ।
– स्पाईन सर्जरी, विकिरण, किमोथेरापी उपचारका तरिकाहरु हुन्।
नेपालमा स्पाईन क्यान्सरको उपचार उपलब्ध छ।

( डा. गौरव राज ढकाल स्पाईन सर्जनको रुपमा ट्रमा सेन्टर र नेपाल क्यान्सर अस्पतालमा कार्यरत छन्। )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.