नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २५ गते शुरु हुने, तयारी पूरा

  २०७५ माघ २२ गते १५:१२     विकासन्युज

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ ।

माघ २५, २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रदर्शनीको तयारी पूरा भएको पत्रकार सम्मेलनमा बताइयो ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने आयोजक मिडिया स्पेस सोलुशन प्रालिले जनाएको छ ।
निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बिन्धित उत्पादनहरु जानकारी गराउने र यो क्षेत्रमा आउने नयाँ नयाँ प्रबिधिको बारेमा बताउन प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकले बताएका छन् ।

यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकसहित निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट इञ्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स र इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.