उदयपुर सिमेन्टको महाप्रबन्धकमा आवेदन दिने म्याद फागुन २ सम्म, के चाहिन्छ योग्यता ?

  २०७५ माघ २२ गते १३:५९     विकासन्युज

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिने म्याद फागुन २ गतेसम्म तोकिएको छ ।

महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै फागुन २ गतेसम्म उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबार काठमाडौँमा शिलबन्दी आवेदन दिनु पर्ने उल्लेख गरेको छ ।

महाप्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको व्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तिमा ३ वर्षको कार्यानुभव हासिल गरेको हुनु पर्ने योग्यता निर्धारण गरिएको छ । साथै उमेरको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आवेदन दस्तुर ५ हजार लाग्ने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.