ब्रोकर कम्पनीलाई मर्जरमा लैजाने बोर्डको तयारी, ६ जिल्लाकाे कारोबार नेप्सेमार्फत हुँदै

  २०७५ माघ २१ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अर्को ब्रोकर कम्पनीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था शुरु गर्ने तयारी गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन वाणिज्य बैंकको सहायक कम्पनी तथा ब्रोकर कम्पनीहरुबीच मर्जरको कार्यलाई जोड दिएको हो ।

त्यस्तै, बोर्ड धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको बोर्डले जारी गरको विज्ञप्तिमा उल्लेख छ । ब्रोकर कम्पनीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित बनाउन नियमावलीमा थप व्यवस्था गरे पश्चात सो प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ ।

यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुने छ । यसका साथै, कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ । हाल धितोपत्र दलाल व्यवसायीले शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको बोर्डले जनाएको छ ।

बोर्डले हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका जिल्ला/स्थानहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध गराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ ।
साथै, बोर्डले उक्त स्थानको कारोबार केन्द्रीय कार्यालयमा आवद्ध गराई नेप्सेको प्रणाली मार्फत हुने व्यवस्था गराउन आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा खोल्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ ।

यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुँदै जाने भई कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.