महाकाली वाइनले ब्याइज युनियनलाई गर्यो प्रायोजन, १० लाखको चेक हस्तान्तरण

  २०७५ माघ २१ गते १८:३८     विकासन्युज

काठमाडौं । श्री महाकाली वाईन प्रालिले ब्वाइज युनियन क्लबलाई १ वर्षको लागि प्रायोजन गर्ने भएको छ । सोमबार एक समारोहकाबीच प्रायोजन सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट अध्यक्ष निरजबहादुर राउतले हस्ताक्षर गरेका हुन् ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ्ग शेर्पाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संझौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा कम्पनीले उपलब्ध गराएको १० लाखको चेक प्रमुख अतिथि शेपाले क्लबलाई हस्तान्तरण गरे । साथै सम्झौता अवधिभर क्लवको नाम ‘डिभाइन् ब्वाइज यूनियन क्लब को नामाकरण भएको घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.