महासंघका उपाध्यक्ष ढकाल भन्छन्-‘पर्यटन सुदूरपश्चिम समृद्घिको आधार’

  २०७५ माघ २१ गते १८:२८     विकासन्युज


काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याए ।

सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मित्र राष्ट्रभारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने बस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मकरुपमा सहज रहेको कुरा उल्लेख गरे ।

प्रदेशनम्बर ७ (सुदूरपश्चिमप्रदेश) का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आथित्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.