टेलिकमका कर्मचारी जहाज नै नचढी बिल बनाएर भुक्तानी लिन्छन्

  २०७५ माघ २१ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत ३ जना कर्मचारी विरुद्ध मुद्दा दायर भएको छ ।

कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ताको दाबी गर्ने ३ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरुमा अनिलकुमार आचार्य, अधिकृत विकलकुमार श्रेष्ठ र अधिकृत राजबहादुर सिंह रहेका छन् । उनीहरुले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरेको आरोप लागेको छ ।

उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.