नेकपाले भन्योः भेनेजुयलामाथी हस्तक्षेप हुनुहुन्न

  २०७५ माघ २१ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भेनेजुयलामाथी बाह्य हस्तक्षेप हुनु नहुने धारणा राखेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले भेनेजुयलामा उत्पन्न राजनीतिक संकटको समाधान त्यहिँका जनताले शान्तिपूर्ण माध्यमबाट खोज्नुपर्ने बताएको हो ।

‘हाम्रो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दछ । कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ ।’, नेकपाले विज्ञप्तिमा भनेको छ ।

नेकपाले आफु संयुक्त राष्ट्र संघको वडापत्र र पञ्चशिलको अवधारणामा अडिक रहेको पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.