सभामुख महरा भन्छनः चिकित्सा शिक्षा विधेयकबारे आन्दोलनको अर्थ छैन् 

  २०७५ माघ २० गते १०:२८     विकासन्युज

दाङ । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई आन्दोलनको विषय बनाउनु सहि मान्न नसकिने बताएका हुन ।

प्रतिपक्षको सहमतिमा समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा संदनमै अबरोध गराउन खोज्नु गतल भएको महराले बताए । ‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’– महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.