मनाङको हुम्देमा आइस क्लाइम्बिङ हुने, पर्यटन क्षेत्रमा नयाँ आयम थप्ने विस्वास

  २०७५ माघ १७ गते ११:१५     विकासन्युज

काठमाडौं । मनाङको हुम्देमा आइस क्लाइबिङ हुने भएको छ । पर्यटन प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुले आइस क्लाइबिङ गर्न लागेका हुन् ।

क्लाइबिङको आयोजना नेपाल क्लाइबिङ टीमले गरेको हो । क्लाइम्बिङ टोली फेब्रुअरी २ तारिखमा मनाङ तर्फ लाग्नेछन् । टोलीमा विदेशी नागरिक पनि सम्मिलित रहेको एक सदस्य विष्णु तामाङले बताए ।

उनका अनुसार टोलीले फेब्रुअरी १० तारिखमा सकिनेछ । टोलीले अन्नपुर्ण हिमालबाट बगेको हिउँमा क्लाइबिङ गर्नेछ । क्लाइबिङको सबै तयारी सकिसकेको आयोजकले जनाएको छ ।

क्लाइम्बिङमा १८ लाख रुपैंमा खर्च हुने अनुमान गरिएको छ । नेपालमा पनि आइस क्लाइम्बिङ गर्न सकिने र यसबाट अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने सदस्य तामाङले बताए । विषेशगरी पुस माग पर्यटनको सिजन नहुँदा यसमा काम गर्ने व्यक्तिहरु बेरोजगार हुनुपर्ने अवस्था छ ।  यदि आइस क्लाइम्बिङ गर्न सके सबै मौसममा व्यवसाय गर्न सकिने आयोजकको विस्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.