स्मार्ट टेलिकमले दिन थाल्यो इजिलोन

  २०७५ माघ १६ गते १६:०७     विकासन्युज

काठमाडौं  । स्मार्ट टेलिकम कम्पनीले हालै इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सो भन्दा कम भएको अवस्थामा डायल गरी रु. १० को व्यालेन्स प्राप्त हुनेछ ।

ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन साथै लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गर्ने व्यवस्था रहेको छ । ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुन : लोन लिनभने सकिने छैन ।

यो सेवा  लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ । यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ ।

यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेट टिभिको सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.